गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारको मृत्यु दर्जनौ घाइते युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारको मृत्यु दर्जनौ घाइते दीप संञ्चार साउन १६, २०८० गते ९:१८ मा प्रकाशित युक्रेन माथी रुसी आक्रमण हुदाँ चार जनाको मृत्यु भएको छ भने झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए। उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर मध्य युक्रेनमा स्थित छ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर पनि हो।उनका अनुसार दुई क्षेप्यास्त्रमध्ये एउटाले चौथो र नवौं तलाको बीचमा रहेको अपार्टमेन्टको केही भाग ध्वस्त पारेको छ । भिडियोमा भवनबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । साथै कारहरूमा जलेका छन छन् भने रूखले भरिएको सडकमा क्षतिग्रस्त भएको छ ।मृत्यु हुनेमा एक १० वर्षीया बालिका पनि रहेको अधिकारीहरूले बताएका छन् । डिनिप्रोका गभर्नर सेर्ही लिसाकले बिहानको आक्रमणमा ५३ जना घाइते भएको बताए । आक्रमणमा विश्वविद्यालयको चार तले भवनको एक भाग पनि ध्वस्त भएको छ ।यसैबीच, रुसको कब्जामा रहेको डोनेट्स्क प्रान्तका नेता डेनिस पुशिलिनले डोनेस्कमा युक्रेनी तोपको गोलाबारीमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको बताए ।युक्रेनी सेनाले सोमबार डोनेट्स्क सहरमा एउटा बसलाई ठक्कर दिएर गोली चलाएको थियो। डोनेट्स्कमा रुसद्वारा स्थापित नेता पुशिलिन हुन्। कुनै पनि पक्षले स्वतन्त्र रूपमा यसको प्रमाणित भने गरेको छैन।युक्रेनी सेनाले पश्चिमी सहयोगीहरूको सहयोगमा हतियार तैनाथ गरेर र रुसी सेनालाई कब्जा गरेको क्षेत्रबाट बाहिर धकेल्ने प्रयास गरिरहेका छन्। गत हप्ता रुसले युक्रेनका तीन ड्रोन खसालेपछि द्वन्द्व बढेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन, #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने