Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुसी हेलिकप्टर साइबेरियामा दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

रुसी हेलिकप्टर साइबेरियामा दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते


रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ।

 

हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु, #विमान दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस