Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सिरियामा आईएसआईएस प्रमुख मारिए

सिरियामा आईएसआईएस प्रमुख मारिए


इस्लामिक स्टेट समूहका संदिग्ध नेता टर्कीको एमआईटी गुप्तचर सँस्था (एजेन्सी)ले गरेको कारबाहीमा सिरियामा मारिएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार बताएका छन्।

संदिग्ध नेता कोडनेम अबु हुसेन अल-कुरशी सिरियामा एमआईटीले गरेको कारवाईलाई मारिएको उनलेसंचार माध्यममा घोषणा गरे

आइएस समूहले नोभेम्बर ३० मा आफ्नो पूर्व नेता अबु हसन अल-हाशिमी अल-कुरशीको मृत्यु भएको घोषणा गरेको थियो उनको ठाउँमा अबु हुसेन अल-कुरशीलाई नियुक्त गरेको थियो। टर्कीले २०२० देखि उत्तरी सिरियामा सेना तैनाथ गरेको छ, र सिरियाली सहयोगीहरूको सहयोगमा सम्पूर्ण क्षेत्रहरू नियन्त्रण गर्दछ।

इस्लामिक स्टेट समूहले युरोप र मध्यपूर्वमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले अप्रिलको मध्यमा उत्तरी सिरियामा उदग्रबिमान (हेलिकप्टर )आक्रमण गरेको थियो। सिरियामा अप्रिल १६ मा इस्लामिक स्टेट समूहका संदिग्ध लडाकुहरूले कम्तिमा ४१ जनाको ज्यान लिएका थिए जसमा २४ जना सर्वसाधारण नागरिक थिए।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस