Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी

अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी


अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल आफ्नो लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य भएका छन् ।

रेमन्ड मिनेसोटामा बिहीबार बिहान इथानोल बोकेको रेल आफ्नो मार्ग (पटरी)बाट खसेको छ भने धेरै सवारी साधन(कार)हरूमा आगो लागेको अधिकारीहरूले भने। नजिकका बासिन्दाहरूलाई सावधानीको रूपमा आफ्नो घरहरू खाली गर्न बाध्य तुल्यायो भनि सिएनएनले समाचार लेखेको छ ।

रेमण्ड फायर डिपार्टमेन्टले सामाजिक संजाल फेसबुक मार्फत करीव बिहान १ बजे रेल लिकबाट खसेको जनाएको छ ।

बीएनएसएफ रेलवेका सार्वजनिक मामिलाका महानिर्देशक लेना केन्टले रेलले ईथनोल र मकैको रस (सिरप )सहित मिश्रित भाडा बोकेको सिएनएनलाई बताएकी छिन ।

त्यहाँ कुनै चोटपटक भएको कुनै विवरण प्राप्त भएको छैन भने रेलमार्गका कर्मचारीहरू घटनास्थल पुगेका छन् । कन्डियोही काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै रेल लिकका वरिपरिका आधा माइल भित्रका घरहरू खाली गरिएको जनाएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । मिनेसोटाको यातायात विभागले रेल आफ्नो मार्गबाट खसेको र आगलागीका कारण नजिकैको राजमार्ग बन्द गरेको दमकल विभागले जनाएको छ। रेमन्ड मिनियापोलिसबाट लगभग दुई घण्टा पश्चिममा पर्दछ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस