Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारसिरिया-टर्की सीमानामा सोमबार पुन : ६.३ परिमाणको भूकम्प

सिरिया-टर्की सीमानामा सोमबार पुन : ६.३ परिमाणको भूकम्प


सिरिया-टर्की सीमानामा सोमबार ६।३ परिमाणको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको छ ।

दुई हप्तापछि यस क्षेत्रमा ४६,००० भन्दा बढी मानिसको मृत्यु भएको भूकम्पले विनाश गरि सके पछि आज फेरि भूकम्प आएको एनविसिन्यूजले समाचारमा उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रविन्दु टर्कीको सुदूर दक्षिणमा रहेको उजुनबाग सहर नजिकै, सिरिया र भूमध्यसागरको नजिक रहेको युएसजीएसले जनाएको छ ।

टर्की सरकारले पनि आफ्नो ट्विटर खातामा भूकम्पको जानकारी दिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस