गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीको सहयोग भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीको सहयोग दीप संञ्चार फागुन १, २०७९ गते २०:०० मा प्रकाशित विश्व च्याम्पियन कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग गरेका छन्।मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले समाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्।‘टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौं बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुस्खद दिनहरू छन्,’ ३५ वर्षीय मेसीले भनेका छन्, ‘मेरो हृदय उनीहरूप्रति जान्छ। बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान हुनेछ।’मेसीले यसअघि टर्कीका अन्तर्राष्ट्रिय डिफेन्डर मेरिह डेमिरलको अभियानमा आफ्नो हस्ताक्षर गरिएको पेरिस सेन्ट(-जर्मेन जर्सी दिएका थिए।जसले भूकम्प पीडितहरूलाई सहयोग गर्न कोष जुटाउन स्टार खेलाडीहरूको हस्ताक्षर गरिएको जर्सी लिलामी गरेको थियो।पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार गत सोमबार दक्षिणी टर्कीमा गएका दुई शक्तिशाली भूकम्पबाट ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला