Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारटर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो

टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो


इस्ताम्बुल । टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७।८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #भुकम्प

तपाईको प्रतिक्रिया दिनुहोस