Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारएफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान

एफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान


अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडिए)ले प्रारम्भिक चरणको रोग भएका मानिसहरूलाई अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान गरेको छ ।

आज जनवरी ६ शुक्रबारका दिन अल्जाइमरको नयाँ औषधिलाई अनुमोदन गरेको छ जसले रोगको फैलावटलाई सामान्य रूपमा ढिलो गरेको देखाएको छ भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।

एफडिएले लिक्वेम्बी नामक औषधिलाई स्वीकृति दिएको हो । एफडिएका अनुसार यो रोग प्रारम्भिक चरणहरूमा भएका मानिसहरूमा संज्ञानात्मक (कग्नीटिब) कमीलाई सुस्त बनाउन सक्ने स्पष्ट प्रमाण भएको पहिलो औषधि हो ।

बिरामी र चिकित्सकहरुले यो समाचारलाई आशाजनक कदमको रूपमा स्वागत गरेका छन् । “अल्जाइमर रोगबाट प्रभावित लाखौं अमेरिकीहरूलाई हामीले प्रस्ताव गर्ने विकल्पहरूमा यो साँच्चिकै रोमाञ्चक क्रमिक विकास हो,” टेम्पल बिश्वबिद्यालयका लुइस काट्ज स्कूल अफ मेडिसिन (चिकित्सा बिद्यालय)का स्नायुबिज्ञान (न्यूरोलोजी)का सहायक प्राध्यापक डा। लेह क्रोलले भने।

अल्जाइमर्स संघका अनुसार ६५ वर्ष वा सोभन्दा माथिका ९ जनामध्ये १ जनालाई अल्जाइमर हुन्छ । यो धेरै बिरामीहरूको लागि नयाँ अवधारणा हो। यसले लक्षणहरूको उपचार गर्दैन तर यसले ह्रासलाई कम गर्छ,” टौसीले भने।

यो औषधि खाएमा स्मरणशक्ति राम्रो हुन्छ भन्ने यस्तो नभएको प्राध्यापक डा. बाबक तौसीले भने।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस