Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल

अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल


अध्यावधिक गरिएको स् अमेरिकाको १०० बर्षको इतिहासमा पहिलो पटक २ दिन सम्म ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दलले सभामुख चयन गर्न असमर्थ भएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक रहेका केभिन म्याकार्थीलाई ट्रम्पले समर्थन गर्दा पनि निकास निस्कन सकेन भने अहिले पुन ८ बजे फेरी सदन बस्ने भएको छ ।

कम्तिमा २१८ मत ल्याएमा बहुमत हुने हुँदा सभामुखका उम्मेदवार सांसद म्याकार्थीलाई आफ्नै दलका २० जनाले धोका दिए पछि अत्यन्तै बेईज्जत हुदै अझै निकास निकाल्न लागू परेका छन् । र उनले ६ पटक पराजय भोगेता पनि अझै जित्ने विश्वास लिएका छन् ।

गत मंगलबार जनवरी ३ र आज बुधबार जनवरी ४ का दिन ३ गरि कूल ६ पटक मतदान हुँदा पनि उनले बहुमत ल्याउन असफल भएका छन् । उनका दल र अन्य समर्थकहरु २१८ मत ल्याउन ठूलो कसरत गरि रहेका छन् ।

गत मंगलबार सभामुखबिना सदन बुधबार दिउँसोसम्मका लागि स्थगित गरिएको थियो । अहिले सम्म पनि सभामुख नभएकोले कुनै पनि नयाँ सदस्यले सपथ लिएका छैनन् । सभामुख चयन नभएसम्म सदनले अन्य काम गर्न सक्दैन।

सन् १९२३ मा म्यासाचुसेट्सका सांसद फ्रेडरिक गिलेटलाई सभामुख निर्वाचित हुन नौ पटक मतदान गर्नु परेको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस