Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारचीनमा एकैदिन १४ लाखलाई कोभिड खोप

चीनमा एकैदिन १४ लाखलाई कोभिड खोप


कोभिड १९ संक्रमणको छालहबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ । सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै रोगविरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरिरहेका बेला बेइजिङले खोप अभियान तीब्र पारेको हो ।

अनिवार्य परीक्षण तोड्दै र क्वारेन्टाइन नियमहरू सहज बनाउँदै गत बुधबार चीनले शून्य कोभिड नीति अन्त्य गरेको थियो । कठोर कोभिड नीतिले लाखौंलाई मानसिक रूपमा चिन्तित बनाउनुका साथै अर्थव्यवस्थालाई क्षति पु(याएको थियो ।

सरकारले ९० प्रतिशत जनसंख्याले खोप लगाएको जनाएको छ । उसले बुधबार ६० वर्ष माथिका र जोखिममा रहेका व्यक्तिलाई कोभिड १९ को दोस्रो बुस्टर डोज दिने घोषणा गरेको छ ।

पछिल्ला दिनमा चीनमा खोप अभियान तीब्र पारिएको छ । सरकारले मंगलबार एकै दिन १४ लाख ३० हजार जनलाई खोप लगाइएको थियो ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस