Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप

रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप


रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ ।

बाइडेन प्रशासनले रुसले इरानलाई वायु रक्षा प्रणाली, उदग्रबिमान ९हेलिकप्टर ०र लडाकु विमानहरू सहित उन्नत सैन्य सहायता प्रदान गर्न लागेको आरोप लगाएको छ ।

दुई राष्ट्रहरू बीचको सहयोगलाई अझ गहिरो बनाउने उद्धेश्यले तेहरानले युक्रेनमा भ्लादिमिर पुटिनको आक्रमणलाई समर्थन गर्न मानवरहित युद्धयान (ड्रोन) उपलब्ध गराएको आरोप छ ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले शुक्रबार आरोपका लागि अमेरिकी गुप्तचर मूल्याङ्कनलाई उद्धृत गर्दै रुसले इरानलाई आफ्नो सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रूपान्तरण गर्ने अभूतपूर्व स्तरको सैन्य र प्राविधिक सहयोग” प्रदान गरिरहेको बताए।

किर्बीका अनुसार रूस र इरानले युक्रेन द्वन्द्वको लागि रुसमा मानवरहित युद्धयान एसेम्बली लाइन९उपस्थान क्षेत्र०गर्ने विचार गरिरहेको बताए । रूसले सुखोई एसयू(३५ लडाकूमा इरानी बिमानचालकहरूलाई प्रशिक्षण दिइरहेको छ र इरानले एक वर्ष भित्र विमानहरु प्राप्त प्राप्त गर्न सक्ने जनाए ।

“यी लडाकु विमानहरूले क्षेत्रीय छिमेकीहरूको तुलनामा इरानको वायु सेनालाई महत्त्वपूर्ण रूपमा बलियो बनाउनेछ,” किर्बीले भने।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस