Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअफगानिस्तानमा सत्तामा फर्किएपछि तालिबानद्वारा पहिलो पटक सार्वजनिक मृत्युदण्ड

अफगानिस्तानमा सत्तामा फर्किएपछि तालिबानद्वारा पहिलो पटक सार्वजनिक मृत्युदण्ड


इस्लामवादी समूह सत्तामा फर्किएपछि अफगानिस्तानमा पहिलो पटक सार्वजनिक मृत्युदण्डमा कथित हत्यारालाई मृत्युदण्ड दिइएको छ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दक्षिणपश्चिमी फराह प्रान्तमा तालिबानका वरिष्ठ अधिकारीहरूले भाग लिएको मृत्युदण्डमा उक्त व्यक्तिलाई उनको कथित पीडितका बुबाले तीन पटक गोली हानेको बताए। ती व्यक्तिलाई २०१७ मा छुरा प्रहार गरी हत्या गरेको र भ्रमणध्वनि (सेल फोन) र २ चक्रवाहन(साइकल) चोरेको आरोप थियो।

तालिबानले न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, अंगविच्छेदन र कोर्रा लगाउने लगायत शरिया कानूनको पूर्ण व्याख्या लागू गर्न आदेश दिएपछि यो समाचार आएको छ । यो कदमले गरिब देशमा मानवअधिकारको थप बिग्रने डर पैदा गरेको छ भनि सिएनएनले उल्लेख गरेको छ ।

अगस्ट २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि काबुल तालिबान आए पछिको यो पहिलो सार्वजनिक मृत्युदण्ड हो। तालिवानको शासनको अघिल्लो अवधिमा १९९६ देखि २००१ सम्म अन्य हिंसात्मक दण्डहरू जस्तै सार्वजनिक मृत्युदण्ड पनि सामान्य थियो।

तालिबानका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरेका थिए र मुद्दा तीनवटा फरक अदालतले सुनेका थिए। अफगानिस्तानका सर्वोच्च नेता अलैकदार अमिरुल मोमिनिनले मृत्युदण्डको अन्तिम स्वीकृति दिएको विज्ञप्तिमा भनिएको छ।

पीडितकी आमाले राज्य सञ्चालित संचार माध्यमलाई हत्यारालाई माफी दिन धेरै अनुरोधहरू गरेकी र त्यसलाई अस्वीकार गरेका थिए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्युदण्ड

तपाईको प्रतिक्रिया दिनुहोस