Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारन्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक

न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक


अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीको शुक्रबार शल्यक्रिया गरिएको छ । उनको टाउकोमा चोट लागेको र भाचिएको छ भने दाहिने हात र हातमा गम्भीर चोटपटक लागेको न्यान्सी पेलोसीले बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएकी छन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीले घर तोडेर भित्र पसेका आक्रमणकारीले आक्रमण गर्न साथ सांकेतिक शब्द समेत प्रयोग गर्दा ठूलो दुर्घटना हुन् बाट बचेका छन् ।

पेलोसीले घर भित्र पस्ने बित्तिकै ९११ मा खबर गरे तर उनले दूर संचार प्रणाली खुला (लाइन ओपेन) राखी रहे र बोली रहे ।

पेलोसीले कोड(सांकेतिक शब्द)मा कुरा गरिरहेका थिए ताकी प्रेषक (अपरेटर)ले यसलाई सुनेर केही गलत भएको छ भन्ने बुझ्न सकियोस् भनि उनले त्यसो गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस