Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा

खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा


खेरसनमा रुसी नियुक्त अधिकारीहरूले युक्रेनको आक्रमणमा पत्रकार मारिएको बताएका छन ।

गत बिहीबार अबेर राति युक्रेनी गोलाबारीबाट स्थानीय दूरदर्शन प्रतिष्ठान (टेलिभिजन स्टेशन)का कम्तीमा दुई सदस्यको मृत्यु भएको खेर्सोन क्षेत्रका लागि रुसी नियुक्‍त उप गभर्नर एकटेरिना गुबरेभाले बताइन्।

आफ्नो गाडीको तस्बिर प्रकाशित गर्दै, गुबरेभाले भनिन , “युक्रेनको सशस्त्र बलको साँझको गोलाबारी पछि हाम्रो टाभरिया दुरदर्शन टोलीको सवारी साधन (कार) यस्तो देखिन्छ भनि सार्वजनिक गरेकी छिन ।

मारिनेमध्ये एक रुसी निर्माता पनि रहेको गुबरेभाले बताईन ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस