Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारक्यालिफोर्नियाकी ८ वर्षीया बालिकाको हत्यामा संलग्न आमाको प्रेमी पक्राउ

क्यालिफोर्नियाकी ८ वर्षीया बालिकाको हत्यामा संलग्न आमाको प्रेमी पक्राउ


अमेरिकाको क्यालिफोर्निया राज्यकी ८ वर्षीया बालिकाको हत्यामा संलग्न आमाको प्रेमी पक्राउ परेका छन । महिनौ दिन देखिको लामो खोजी पछि प्रहरीले एक ८ वर्षीया बालिकाको मृत्युमा एक संदिग्धलाई पक्राउ गरेको छ ।

गत मार्चमा मध्य क्यालिफोर्नियाको उनको शव फेला पर्नी अघि बेपत्ता भएको सूचना दिइएको अधिकारीहरूले आइतबार भने।

डन्टे ज्याक्सनलाई गत सेप्टेम्बर १० शनिबारका दिन सान फ्रान्सिस्को बे एरिया (क्षेत्र)को नेवार्क शहरमा सोफिया मेसनको हत्या गरेको आशंकामा हिरासतमा लिइएको प्रहरी र क्यालिफोर्नियाका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

अन्वेषकहरूले पत्ता लगाए अनुसार बच्चा लगातार शारीरिक दुर्व्यवहारको शिकारमा परेकी थिइन् । साथै बच्चा कुपोषित थिइन् र कहिलेकाहीं ज्याक्सनको घरको पछाडिको झुप्रोमा बस्न बाध्य पारिएको मर्सिड प्रहरी विभागका सहायक प्रहरी जो पेरेजले आइतबार एक पत्रकार सम्मेलनमा भने।

ज्याक्सन पीडितकी आमा ३० वर्षीया सामन्था जोन्सनसँग प्रेम चक्करमा परेकी थिइन् भने उनलाई मार्चमा गिरफ्तार गरिएको थियो ।

उनले हत्या ,बाल दुर्व्यवहार नगरेको र अदालतले उनलाई दोषी ठहर नगरेको भएकी अभियोजकहरूले बताए ।

३४ वर्षीय ज्याक्सन बिरुद्धहत्या र बाल दुर्व्यवहारको आरोप छ। ज्याक्सनलाई पक्राउ गर्नबाट जोगिन मद्दत गरेको आशंकामा शनिबार अन्य चार जनालाई पक्राउ गरिएको पेरेजले बताए।

“मेरो २० वर्षको प्रहरी सेवामा मैले देखेको यो मामिला सबैभन्दा निराशाजनक र डरलाग्दो हो ,” प्रहरी सहायकले भने। सोफिया सान फ्रान्सिस्को बे क्षेत्र हेवर्ड शहरमा आफन्तहरूले बेपत्ता भएको खबर गरेका थिए।

अदालतका कागजातहरू अनुसार मर्सिड प्रहरीले सोफियाको शव स्नानद्रोणी (बाथटब)मा फेला पारेको थियो।

स्थानीय पत्रपत्रिकाका अनुसार सोफियाले दुई पटक व्यक्तिगत रूपमा सामाजिक कार्यकर्ताहरूलाई उनकी आमाले उनलाई घाँटी थिचेर हिर्काएको समेत बताएकी थिइन् ।

तस्बिर कृतज्ञता : एपी मार्फत मर्सिड प्रहरी बिभागको सौजन्य


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस