Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचार३४ वर्षअघि जर्जियामा मिशिगनकी महिलाको हत्या गर्ने चालकको पहिचान

३४ वर्षअघि जर्जियामा मिशिगनकी महिलाको हत्या गर्ने चालकको पहिचान


३४ वर्षअघि जर्जियामा मिशिगनकी महिलाको हत्या गर्ने चालकको पहिचान भएको छ । जर्जियाका अन्वेषकहरूले ३४ वर्षअघि मिशिगनकी एक महिलाको हत्या गर्ने व्यक्तिको पहिचान गरेको बताएका छन्।

वंशावली डिएनए परीक्षण प्रयोग गर्दै हेनरी फ्रेड्रिक वाइज जसलाई होस वाइज भनेर पनि चिनिन्थ्यो ,तिनै व्यक्ति स्टेसी चाहोरस्कीको हत्याराको हुन् भनि पहिचान भएको जर्जिया अनुसन्धान बिभाग मंगलबार घोषणा गर्‍यो।

मिशिगनकी चाहोरस्की सन् १९८९ को जनवरीमा हराएकी थिइन्। उनको शव सन् १९८८ डिसेम्बर १६ मा जर्जियाको डेड काउन्टीको राजमार्गमा फेला परेको दशकौं पछि गत मार्च महिना पहिचान भएको थियो।

वर्षौंबर्ष सम्म जर्जिया अनुसन्धान बिभागका गुप्तचर र डेड काउन्टी अन्वेषकहरूले पीडितको पहिचान गर्ने प्रयास गरे। अन्वेषकहरूले थप प्रमाणहरू फेला पारे र थप परीक्षणको लागि वाशिंगटन डिसी स्थित एफबीआईलाई पठाए।

सन् २०१५ मा मुद्धा पुन उठाईयो भनि सिबिएसन्यूजले समाचारमा उल्लेख गरेको छ ।

एफबिआई र जिबिआईले प्रयोगशालामा डिएनए पठाए र तिनीहरूले जुन १३ ,२०२२ सकारात्मक नतिजाहरू प्राप्त गरे।

अन्वेषकहरूका अनुसार ३४ वर्षीय वाइज तत्कालिन समयमा चालक थिए । तर १९९९ मा साउथ क्यारोलाइनाको एक गाडी दुर्घटनामा उनको जलेर मृत्यु भएको थियो ।

उनि एक लामो आपराधिक गतिबिधिमा संलग्न हुनुको साथै फ्लोरिडा, जर्जिया र नर्थ क्यारोलिना लगायत धेरै राज्यहरूमा चोरी, आक्रमण आदीमा संलग्न रहेका थिए ।

तस्बिर: कृतज्ञता जर्जिया अनुसन्धान बिभाग /एपी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस