गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु दीप संञ्चार भदौ २१, २०७९ गते ७:२२ मा प्रकाशित चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् ।भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न सुनको मूल्य फेरी नयाँ रेकर्ड आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न