Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारबेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो

बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झर्यो


बेलायती पाउण्ड ३७ बर्ष यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको छ । सन् १९८५ यता डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरेको समाचार सिएनएनले जनाएको छ ।

बेलायती पाउण्ड सोमबार सेप्टेम्बर ५ ,२०२२ का दिन अमेरिकी डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा झरे पछि बेलायतको अर्थतन्त्रमा थप समस्याको सङ्केत गरेको छ ।

सोमबार बिहान प्रारम्भिक पाउन्ड मार्केटवाच अनुसार ०.३ % १.१४४३ डलरमा झरेको जनाएको छ । अहिले ऊर्जा संकटको सामना गर्दा यूरोको लागी पनि समान गिरावट ल्याउने सिएनएनले उल्लेख गरेको छ ।

यसले यो संकेत गर्दछ कि बोरिस जोनसनको उत्तराधिकारी अर्थात् अब आउने बेलायतका नयाँ प्रधानमन्त्रीले चुनौतीहरूको सामना गर्नु पर्नेछ ।

मार्केटवाच स् यस्तो प्रतिष्ठान हो जस्ले आर्थिक सूचना प्रदान गर्दछ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस