Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारबेलायतको लागि भावी नयाँ महिला प्रधानमन्त्री ट्रसद्वारा अर्को आम चुनाव जित्ने वाचा गर्दै प्रथम भाषण समाप्त

बेलायतको लागि भावी नयाँ महिला प्रधानमन्त्री ट्रसद्वारा अर्को आम चुनाव जित्ने वाचा गर्दै प्रथम भाषण समाप्त


बेलायतको लागि भावी नयाँ महिला प्रधानमन्त्री लिज ट्रसले अर्को आम चुनाव जित्ने वाचा गर्दै कन्जरभेटिभ पार्टीको (रुढीवादी दल) नेताको रूपमा आफ्नो छोटो पहिलो भाषण समाप्त गरिन । र ,उनले बारम्बार जोड दिदै रक्षा गर्ने (डेलिभर)प्रतिबद्धता जाहेर गरिन ।

“हामीले अर्को दुई वर्षमा डेलिभर (रक्षा)गर्छौं भनेर देखाउन आवश्यक छ,” उनले सहभागी भएका दर्शकहरूलाई भनिन्। “हामी सबैले हाम्रो देशको लागि रक्षा गर्नेछौं, र म सुनिश्चित गर्नेछु कि हामीले कन्जरभेटिभ पार्टी (रुढीवादी दल)का सबै उत्कृष्ट प्रतिभाहरू प्रयोग गर्नेछौं।”

मेरा साथीहरू, मलाई थाहा छ हामी रक्षा गर्नेछौं, हामी रक्षा गर्नेछौं, र हामी रक्षा गर्नेछौं, “उनले भनिन्।

“र हामी २०२४ मा कन्जरभेटिभ दलको लागि ठूलो जीत हासिल गर्नेछौं,” ट्रसले थपिन ।

लिज ट्रस र उनका प्रतिद्वन्द्वी ऋषि सुनक दुवैलाई समर्थन गर्ने रुढिवादीहरूले ट्रसको जितको अन्तर अपेक्षा गरेभन्दा सानो भएको कुरा निजी रूपमा स्वीकार गरिरहेका छन्।

धेरैले उनको जितको अन्तर सोमबार दिउँसो घोषणा गरिएको १८ प्रतिशत अंक भन्दा ठूलो हुनेछ भनि भविष्यवाणी गरेका थिए ।

कन्जरभेटिभ पार्टी (रुढीवादी दल) को नेतृत्वको प्रतिस्पर्धामा लिज ट्रस विजयी भए पनि औपचारिक रूपमा प्रधानमन्त्री बन्न उनले मंगलबारसम्म कुर्नु पर्नेछ ।

बेलायतको अलिखित संविधान अनुसार ट्रस र निवर्तमान नेता बोरिस जोनसनले भोलि स्कटल्याण्डको बालमोरलमा रानी एलिजाबेथ द्वितीयलाई भेट्न जानेछन्।

रानीले ट्रसको नेतृत्वमा नयाँ सरकारको गठनलाई औपचारिक रूपमा अनुमोदन गर्नुपर्छ भनि सिएनएनले जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस