Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारम्यानरमा भोक, तिर्खाबाट सात जनाको मृत्यु

म्यानरमा भोक, तिर्खाबाट सात जनाको मृत्यु


म्यानरमा अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्ति भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।

अधिकारीहरूले सोमबार व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ ।

चार तस्कर र ६५जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ । तीन खराब मौसम र खानेकुरा तथा पानीको अभावमा तीन पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनलााई थुनामा राखिएको र छानविनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

सन् २०१७ मा म्यानमारको सेनाको दमनपछि लाखौँ रोहिग्या शरणार्थी देश छाडेर बंगलादेश पुगेका थिए । उनीहरु खाद्यान्न, पानी औषधिजस्ता अत्यावश्यक सेवाबाट बन्चित रहेको अधिकारबादीहरुले बताउँदै आएका छन् । -एजेन्सी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस