Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भर्जिनियामा दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते

भर्जिनियामा दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते


भर्जिनियामा दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् भने उक्त दुर्घटनामा कुनै दुखद घटना भएन । भर्जिनियाको फकियर काउन्टीमा रहेको बिमान प्रदर्शन गर्ने क्रममा गत शनिबार बिहान दुईवटा विमान एकआपसमा ठोक्किँदा चारजना घाइते भएको प्रहरीले बताए ।

अमेरिकाको क्यान्सस विचिटामा निर्मित स्टीयरम्यान नामक बिमानहरू बिहान ९:०५ बजे बेल्टनमा राजमार्ग १७ बाहिर ठीक दुर्घटनामा परेका थिए ।

भर्जिनिया राज्य प्रहरीका अनुसार एउटा अवतरण गरिरहेको थियो भने अर्कोले उड्ने प्रयास गरिरहेको थियो । त्यसै समयमा एउटा विमान ठोक्किएपछि पल्टिएको प्रहरीले बताए ।

अवतरण गर्ने बिमान चालक वारेन्टनका ६२ वर्षीय पुरुष र ५० वर्षीया महिला यात्रुसँग उडान गरिरहेका थिए। सामान्य घाईते भएका दुबै जनाको घटनास्थलमै उपचार भएको छ ।

उड्ने प्रयास गरि रहेका अर्का बिमान चालक चेस्टरफिल्डका एक ६२ वर्षीय मानिस र १४ वर्षीया किशोरी रहेका थिए । उनीहरुको पनि सामान्य चोटपटकको उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

दुर्घटनामा जमिनमा कोही पनि घाइते नभएको डब्लुटिओपीले समाचार लेखेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस