Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारताइवान : चीनको सैन्य अभ्यास जारी, अमेरिकाद्वारा चर्को आलोचना

ताइवान : चीनको सैन्य अभ्यास जारी, अमेरिकाद्वारा चर्को आलोचना


चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ।

ताइवानले चिनियाँ सैन्य अभ्यासको ‘यथोचित’ प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो।

ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान ‘यथास्थिति फेर्न’ प्रयास गरिरहेको छ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको नेतृत्वमा एउटा अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ।

चीनले उक्त भ्रमणलाई ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ। यद्यपि ताइवान आफूलाई छुट्टै राज्य मान्छ।

चिनियाँ जहाज र विमानहरूले सप्ताहान्तमा ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

उसका अनुसार तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए।

तिनलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमानहरू उडाएको थियो।बिबिसी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस