Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार

रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार


रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रहेको रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।

अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरलाई लागूऔषध तस्करीको आरोपमा रूसमा गत बिहिबार रुसी अदालतले ९ वर्षको कैद सजाय सुनाएको छ । यो कारागार सजाय सुनाए पछि यो कुरा आएको हो ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सहमति भएको विद्यमान कूटनीतिक माध्यम मार्फत वासिङ्टनसँग कैदी आदानप्रदानबारे छलफल गर्न मस्को तयार रहेको बताएका छन् ।

“हामी यस विषयमा छलफल गर्न तयार छौं, तर राष्ट्रपति पुटिन र जो बाइडेनबीच सहमति भएको माध्यमको ढाँचा भित्र,” सेर्गेई लाभरोभले कम्बोडियाको भ्रमणको क्रममा भने।

“यदि अमेरिकीहरूले फेरि सार्वजनिक कूटनीतिको सहारा लिने निर्णय गर्छन भने त्यो उनीहरूको मामला हो र म यो उनीहरूको समस्या हो भनेर पनि भन्छु,” उनले थपे।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस