Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनको खेरसनमा रुसी हतियार भण्डारमा आक्रमण : युक्रेनी अधिकारी

युक्रेनको खेरसनमा रुसी हतियार भण्डारमा आक्रमण : युक्रेनी अधिकारी


युक्रेनको खेरसनमा रुसी हतियार भण्डारमा आक्रमण भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार दक्षिणी खेरसन क्षेत्रमा रहेको रुसी गोलाबारुद भण्डार ध्वस्त भएको छ ।

स्थानीय संचार माध्यम टेलिग्राममा रातभरि र शुक्रबार बिहान प्रकाशित अङ्किय दृश्य (भिडियो) र तस्बिरहरूले खेरसन शहरबाट करिब ४० किलोमिटर (२५ माईल) दक्षिणपूर्वमा रहेको ब्रालिभका क्षेत्रमा ठूलो विस्फोट भएको संकेत गरेको छ ।

“कब्जाकर्ताहरूको महत्त्वपूर्ण सैन्य-संचालन केन्द्रहरू मध्ये कै एक ब्रेलिभकाको रेल चौकी खेरसन क्षेत्रमा ध्वस्त भयो। रूसीहरूले त्यहाँ उपकरण र गोला बारुद ल्याएका थिए ती सबै जलेको छ, “खेर्सन नागरिक सैन्य प्रशासनका प्रमुखका सल्लाहकार सेरही खलानले शुक्रबार सामाजिक संजालमा भने।

“मानिसहरूले ठूलो आवाजमा विस्फोट र विस्फोटको विवरण दिई रहेका छन्। सम्भवतः तेल भण्डार प्रहार भएको थियो, ”खलानले थपे।

एक युक्रेनी अधिकारीले शुक्रबार सार्वजनिक गरेका तस्बिरहरूमा रेल चौकी (रेलवे स्टेशन)को क्षेत्रमा क्षति भएको देखाइएको छ।

“म खेरसन क्षेत्रको अस्थायी रूपमा कब्जा गरिएको इलाकामा बस्न बाध्य भएका सबैलाई अपील गर्न चाहन्छु ‘ यदि तपाई खाली गर्न असमर्थ हुनुभयो (जुनसुकै कारणले), कृपया उनीहरूको सैन्य पूर्वाधार र तैनाती स्थलहरूबाट सकेसम्म टाढा रहनुहोस्।” सोबोलेव्स्कीले भने।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस