Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारन्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार

न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार


न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ ।

न्युयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीलाई गोली प्रहार गरिएको छ भने एकजनाको गत बिहीबार राति सम्म अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएका छन् ।

ती दुई अधिकारीहरुले राति ९:१५ बजेतिर विस्तृत अनुसन्धान गरिरहेका थिए। त्यसै समय कम्तिमा एक पुरुष उनीहरू नजिक आए र उनीहरूमाथि गोली हानेको बताईएको छ ।

प्रहरी सहायक ग्रेग बेलोले अर्का अधिकारीको अवस्था भने तत्काल थाहा हुन नसकेको बताए ।

दुबै जनालाई अस्पताल पुर्याइएको छ ।

घटना उत्तरपूर्वी रोचेस्टरको बाउमन गल्ली (स्ट्रिट)मा भएको एबिसीन्यूजले समाचार लेखेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #गोली

तपाईको प्रतिक्रिया दिनुहोस