गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोभिड सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोभिड दीप संञ्चार असार २१, २०७९ गते १७:११ मा प्रकाशित एजेन्सी -चिनियाँ राष्ट्रपति सी जिनपिङको हककङ भ्रमणका क्रममा उनीसँग भेटेका एक जना सभासद कोरोना संक्रमित भएका छन् ।हङकङको सबैभन्दा ठूलो बेइजिङ–पक्षधर पार्टी ‘डेमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट अफ प्रोग्रेस इन हङकङ(डीएबी)’का नेता स्टीभन होलाई जुलाई २ मा कोरोना पाइएको थियो ।होले आइतबार उनको फेसबुक पेजमा आफू संक्रमित भएपछि एकान्तवासमा बसेको जानकारी दिएका छन् । होले जुन ३० मा सीलाई भेट्नुअघि गरिएको परीक्षणमा भने नतिजा नेगेटिभ रहेको पनि बताएका छन् ।स्थानीय टेलिभिजन आरटीएचकेले उनी र सीको सँगैको तस्विर बसेको फोटो सार्वजनिक गरेको छ । सी हङकङ बेलायतको शासनबाट चीनको शासनमा आएको २५ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन सहर गएका थिए ।सीकै भ्रमणको समयमा सहरका नयाँ प्रशासक जोन लीको पनि सपथ ग्रहण गराइएको थियो । हङकङ भ्रमण कोरोना महामारी सुरु भएपछिको सीको मुलभूमि चीन बाहिरको पहिलो भ्रमण थियो ।सीको भ्रमणअघि हङकङका अधिकारीले सहरमा कोरोना परीक्षण तथा क्वारेन्टाइनको व्यवस्थालाई कडाइ गरेका थिए । सीले यसअघि पछिल्लो पटक सन् २०१७ मा हङकङको भ्रमण गरेका थिए । त्यस समय नव निर्वाचित प्रशासक क्यारी ल्यामको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका थिए ।अल–जजिराक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #सी जिनपिङ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप