Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारविद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या


एजेन्सी-जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् ।

लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा महिलाकी १० वर्षीय भतिजा पनि घाइते भएका छन् ।

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ ।

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #हत्या

तपाईको प्रतिक्रिया दिनुहोस