Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो

युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो


युएईमा पहिलो पटक मंकीपक्स देखाएको छ। पश्चिम अफ्रिकाबाट आएकी २९ वर्षीया महिलाको आवश्यक उपचार भइरहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल बिश्वभरी युएई सहित १२ बढी देशमा यो भाइरस देखा परिसकेको छ । मंकीपक्स दशकौं देखि अफ्रिकी मानिसहरूमा सामान्य रहेको रोग हो तर अहिले विश्वका अन्य देशहरूमा पनि फैलिरहेको छ। विशेष गरी अमेरिका, क्यानडा र धेरै युरोपेली देशहरूमा यस्ता बिरामीहरु देखिन थालेका छन्।

महामारीबाट पूरा विश्व अहिलेसम्म बाहिर निस्कन नसकेको अवस्थामा अर्को एउटा नयाँ भाइरसको चर्चा सुरु भइसकेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मंकीपक्स संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस