Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारमेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु


एजेन्सी-बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् ।आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन् ।

आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन् ।

मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस