Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की

युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की


एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।

डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै रुसी सेनाले सर्वसाधारणलाई गर्ने व्यवहारका कारण वार्ताको व्यवस्था गर्नु झनै कठिन भएको बताए । रुसले सर्वसाधारणलाई निशाना नबनाएको बरु सैन्य क्षमतालाई हस गर्न कारबाही गरिएको दाबी गर्दै आएको छ ।

‘यस बारेमा रुसी संघका अध्यक्षले निर्णय गर्नुहुन्छ’, वार्तातर्फ संकेत गर्दै जेलेन्स्कीले दोभाषेमार्फत् भने, ‘यदि हामी व्यक्तिगत रुपमा उहाँबिना यो युद्ध समाप्त गर्ने कुरा गर्दै छौँ भने त्यो निर्णय लिन सकिँदैन । ’

युद्धको सुरुमा रूसी सेनाले कब्जा गरेको क्षेत्रहरू विशेषगरी राजधानी किभबाहिर रुसी सेनाको तर्फबाट भएका सामूहिक हत्याले वार्तालाई व्यवस्थित गर्न गाह्रो बनाएको जेलेन्स्कीले बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #जेलेन्स्की

तपाईको प्रतिक्रिया दिनुहोस