Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी

रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी


रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी गरेको छ।

रुसी सेनाले शनिबार अमेरिका र युरोपबाट हतियार र सैन्य उपकरणहरूको “ठूलो” मात्रालाई कीभको पश्चिममा युक्रेनको झिटोमिर क्षेत्रमा नष्ट गरेको सरकारी संचार माध्यम टिएएसएसले रक्षा मन्त्रालयका प्रवक्ता सैनिक सेनाध्यक्ष इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।

कालिब्र क्रुज मिसाइल९समुन्द्री क्षेप्यास्त्र ० प्रयोग गरेर हतियार नष्ट गरिएको प्रवक्ताले बताए।

रुसी सेनाले ओडेसाको बन्दरगाह शहरको एउटा कारखानामा इन्धन भण्डारण केन्द्रमा पनि आक्रमण गरिएको कोनाशेन्कोभले भने ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस