Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारपूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय

पूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय


भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा कांग्रेस नेता जवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

सिद्धुलाई बिहिबार भारतीय सर्वोच्च अदालतले हत्या मामिलामा आफ्नै पूर्व आदेश उल्ट्याउँदै एक वर्षको जेल सजया सुनाएको हो ।

अदालतले सन् १९८८ मा गुरमात सिंहको मृत्युको मुद्दालाई पुनः समिक्षा गर्दै सिद्धुको संलग्नता रहेको जनाउँदै फैसला गरेको हो ।

अदालतले सन् २०१८ मा सिद्धुलाई तीन वर्षको जेल सजया घटाएर एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #जेल सजाय

तपाईको प्रतिक्रिया दिनुहोस