Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारहमाद विमानस्थलबाट अवैध लागु औषध बरामद

हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद


हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रतिबन्धित लागु औषध तस्करी गर्ने प्रयासलाई भन्सार विभागले विफल बनाएको छ । विभागले ६।१०७ किलोग्राम लागू औषध बरामद गरेको जनाएको छ लागू औषध सँगै केही अवैध कतारी रियाल पनि जफत गरिएको छ ती यात्रुले झोलाको तल्लो भागमा लुकाइ ल्याउँदै गरेको अवस्थामा समात्न सफल भएको हो

केही दिन पहिले १.०५७ किलो हिरोइन र १.०५४ केजी शाबो बाथ ट्युब भित्र लुकाएर ल्याउँदै गर्दा अधिकारीहरूले पक्राउ गरेका थिए । विभागले दुवै घटनामा कुन मुलुकको कति जना नागरिक पक्राउ परे भन्नेबारे केही खुलाएको छैन

भन्सार विभागले कतारले प्रतिबन्ध गरेका अवैध सामान नल्याउन अनुरोध गर्दै आएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #लागु औषध

तपाईको प्रतिक्रिया दिनुहोस