Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारजेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन

जेलेन्स्कीद्वारा ७५ औं कान्स चलचित्र महोत्सवको उद्घाटनमा सम्बोधन


युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ७५ औं कान्स फिल्म फेस्टिभल(चलचित्र महोत्सव) को उद्घाटन समारोहमा मंगलबार परोक्ष रुपमा (भर्चुअल) सम्बोधन गरे ।

उनले चलचित्रको वास्तविकता र एडोल्फ हिटलरको तानाशाही समयमा चलचित्रको भूमिकाको बारेमा समेत बोले ।

चार्ली च्याप्लिनको सन् १९४० को दशकको चलचित्र ‘द ग्रेट डिक्टेटर’ लाई सन्दर्भ जोड्दै जेलेन्स्कीले भने, ‘त्यसले वास्तविक तानाशाहलाई त्यतिखेर ध्वस्त पारेको थिएन तर चलचित्रलाई धन्यवाद र यस चलचित्रको कारणले चलचित्र मौन हुन छाडेको थियो, हरेक हिसाबले चलचित्र बोलिरहेको थियो । र, यो स्वतन्त्रताको भावी विजयको आवाज थियो।”

उनले भने, ‘विगतमा जस्तै आज पनि तानाशाह छ’ र ‘फेरि पनि स्वतन्त्रताको लडाइँ छ’ र ‘विगतमा जस्तै चलचित्रमा चुप लागेर बस्नुहुँदैन ।

“म विश्वस्त छु कि तानाशाह हार्नेछ,” जेलेन्स्कीले भने, “हामी यो युद्धमा जित्नेछौं। गौरवको युक्रेन ।”

गत अप्रिलमा जेलेन्स्कीले ६४औँ वार्षिक ग्रामी अवार्ड(पुरस्कार)मा पनि सम्बोधन गरेका थिए भनि सिएनएनले जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #जेलेन्स्की

तपाईको प्रतिक्रिया दिनुहोस