Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुस युक्रेन युद्द : घाइते युक्रेनी सेनालाई निकाल्न सुरु

रुस युक्रेन युद्द : घाइते युक्रेनी सेनालाई निकाल्न सुरु


एजेन्सी- रुसले मेरिउपोल एजोभस्टाल कारखानाबाट गम्भीर घाइते युक्रेनी सेनालाई निकाल्न थालेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले घाइते युक्रेनी सेनालाई निकाल्ने काम सुरु भएको जनाएको छ ।

युक्रेनी पक्षबाट हालसम्म कारखानाबाट नराम्ररी घाइतेहरूलाई बाहिर निकाल्ने बारे कुनै प्रतिक्रिया आएको छैन ।
“मे १६ मा मेरिउपोलको स्पात कारखानाको क्षेत्रमा अवरुद्ध गरिएको युक्रेनी सेनाका प्रतिनिधिहरूसँगको वार्ताको परिणाम स्वरूप, घाइतेहरूलाई हटाउने विषयमा सम्झौता भएको थियो,” भनि रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

-इनेप्लिज


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस