गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेन युद्ध : पुटिन लामो लडाइँको तयारीमा -अमेरिकी गुप्तचर अधिकारीहरू युक्रेन युद्ध : पुटिन लामो लडाइँको तयारीमा -अमेरिकी गुप्तचर अधिकारीहरू दीप संञ्चार वैशाख २८, २०७९ गते ८:४३ मा प्रकाशित एजेन्सी- रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो ।राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ ।मंगलबार अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले पुटिन अझै पनि ‘दोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ खोजेको तर उनले ‘आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमतबीचको बेमेलको सामना गरिरहेको बताइन ।सो सुनुवाईमा रक्षा गुप्तचर निकायका निर्देशक स्कट बेरियरले रुसी र युक्रेनीहरू ‘अलिकति गतिरोधमा’ रहेको बताए । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।चेर्कासी तिश्की, रुस्की तिस्की, रुबिज्ने र बायराक सबैलाई रसियाबाट फिर्ता लिएको रुसी सेनाको भनाई छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । खार्किभमा युद्ध सुरु भएदेखि नै लामो समयदेखि बमबारी भइरहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला