Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो

युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो


काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट अत्यन्त सस्तो मूल्यमा कोइला आयात गरिरहेको खुलासा भएको छ ।

जापान तथा पश्चिमा मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाएका कारण चीनले मौकाको फाइदा उठाएको जनाइएको छ ।

गत मार्च महिनामा मात्रै चीनले रुसबाट ३ लाख २१ हजार ३ सय ८० टन लिक्विफाइड न्याचुरल ग्यास ९एलएनजी० आयात गरेको थियो

गत वर्षको मार्च महिनामा पनि चीनले लगभग यतिकै परिमाणमा रुसबाट ग्यास आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि सोही अवधिमा भने रुसबाट चीनतर्फ कोइलाको आयात ह्वात्तै बढेको बताइएको छ । एएनआईका अनुसार गत वर्षको मार्च महिनामा चीनले रुसबाट ५ लाख ९० हजार टन कोइला आयात गरेको थियो ।

तर, यो वर्षको मार्च महिनामा रुसबाट चीनतर्फ हुने कोइलाको आयात बढेर १४ लाख टन पुगेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस