Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारपुटिनद्वारा नोभेम्बरमा हुने जी२० को शिखर सम्मेलनको निमन्त्रणा स्वीकार

पुटिनद्वारा नोभेम्बरमा हुने जी२० को शिखर सम्मेलनको निमन्त्रणा स्वीकार


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा हुने जी२०को शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा स्वीकार गरेका छन ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले शुक्रबार एक विज्ञप्ति मार्फत उक्त जानकारी गराएका छन ।

“इन्डोनेसिया जी२० लाई एकताबद्ध गर्न चाहन्छ। यसलाई विभाजन हुन नदिनुहोस्। विश्व अर्थतन्त्रको पुनरुत्थान र विकासको लागि शान्ति र स्थायित्व प्रमुख हो, ”इन्डोनेसियाको मन्त्रिपरिषद्को विज्ञप्तिमा विडोडोले भने।

विडोडोले यस हप्ताको सुरुमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई निमन्त्रणा पनि गरेका थिए । तर उनि शिखर सम्मेलनमा भाग लिने कि नलिने भन्ने बारेमा भने बताएनन ।

यस हप्ताको सुरुमा विडोडोले पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै दूरवार्ता गरेका थिए ।

उनले पुटिनलाई युक्रेनमा युद्ध “तत्काल” अन्त्य गर्ने महत्त्व र द्वन्द्वको शान्तिपूर्ण समाधानमा योगदान गर्ने इन्डोनेसियाको चाहनाबारे बताए।

विडोडोले युक्रेनलाई मानवीय सहायता प्रदान गर्न जेलेन्स्कीलाई इन्डोनेसिया तत्पर भएको बताएका थिए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #putin

तपाईको प्रतिक्रिया दिनुहोस