गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति दीप संञ्चार वैशाख ९, २०७९ गते २१:३६ मा प्रकाशित काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण ६० अर्ब डलर जतिको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।यद्यपि यो अनुमान अत्यन्त ‘साँघुरो’ रहेको र यसमा युद्धका कारण जारी बढ्दो आर्थिक क्षतिको विवरण नरहेको उनले बताए । ‘अवश्य पनि युद्ध अझै चलिरहेको छ र मूल्य पनि बढिरहेको छ ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।युक्रेनलाई सहयोगबारे आयोजना गरिएको उक्त सम्मेलनका क्रममा भिडियो लिंकमार्फत् बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण उत्पन्न आर्थिक क्षतिको भर्पाई गर्न मासिक ७ अर्ब डलर लाग्ने बताए । ‘यी सबलाई पुन निर्माण गर्न त्यसपछि हामीलाई खर्बौ डलर लाग्नेछ ।’ उनले भने ।उनले विश्व समुदायले रुसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायहरुबाट अलग गर्नुपर्ने बताए । उनले सबै मुलुकहरुले ‘रुससँगको सम्बन्ध तोड्न तत्काल तयार रहनुपर्ने’ समेत बताए ।यसबाहेक उनले रुसमाथि प्रतिबन्धको घोषणा गरेका सबै मुलुकहरुले रुसी सम्पत्तिको जफत गरी युक्रेनको पुन निर्माणका लागि खर्च गर्न सहयोग गर्नुपर्ने बताएको रोयटर्सले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप