Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु


एजेन्सी-युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।

आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।

“क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेखेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #मृत्यु, #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस