गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनी परिवारले बालबालिकाको शरीरमा किन लेख्दैछन् यस्तो विवरण ? युक्रेनी परिवारले बालबालिकाको शरीरमा किन लेख्दैछन् यस्तो विवरण ? दीप संञ्चार चैत्र २२, २०७८ गते २०:४९ मा प्रकाशित एजेन्सी – रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध्र प्रताडि युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् ।‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवारिक सम्पर्कहरू लेख्छन् । युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अनास्तासिया लापाटिनाले ट्वीटरमा लेखेकी छिन् ।‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरिरमा पारिवारिक सम्पर्क लेखिरहेका छन् । र, युरोप भने अझै ग्यासबारे बहस भइरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्विट गरेका छन् ।उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोष्ट स्थानीय भाषामा छ । ‘यदि केही भयो भने कसैले उनलाई जीवित रूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन्छ ।अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ । उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्विटर प्रयोगकर्ताले भने, ‘ह्दयविदारक । कुनै शब्द छैन ।’क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला