Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने

अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने


एजेन्सी – संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग ‘डीओडीे ले जनाएको छ।

‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत, डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ।

यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ,’ पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #रुस-युक्रेन संकट

तपाईको प्रतिक्रिया दिनुहोस