Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारगलेनन् जेलेन्स्की, रुसविरुद्ध गरे थप युद्धको घोषणा

गलेनन् जेलेन्स्की, रुसविरुद्ध गरे थप युद्धको घोषणा


एजेन्सी -युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो ।

‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर वाक्यांशमा पनि विश्वास छैन’, एउटा भिडियो सम्बोधनमा उनले भने । रुसी सेनाहरू पूर्वी दोनबास क्षेत्रमा आक्रमण गर्न पुनः संगठित भइरहेका उनले बताए ।

‘हामी केही पनि दिनेछैनौँ । हामी हाम्रो क्षेत्रको प्रत्येक मिटरको लागि लड्नेछौं’, उनले थपे । मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तापछि एक रुसी वार्ताकारले मस्कोले राजधानी किभ र उत्तरी सहर चेर्निगिभ वरपर भएका आक्रमण कटौती गर्ने बताएका थिए । तर, पनि रुसी सेनाले निरन्तर गोलाबारी गरेको थियो ।

यसैबीच, रुसी सेना किभको उत्तरमा रहेको प्रयोगिबिहीन चेर्नोबिल आणविक उर्जा भट्टीबाट बाहिर निस्कन थालेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । ‘हामीलाई लाग्छ कि उनीहरू त्यहाँबाट जाँदैछन् । तर, तिनीहरू सबै त्यहाँबाट गइसकेका छन भन्न सक्दिन’, एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस