Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेन हमलामा १३६ बालबालिकाको मृत्यु

युक्रेन हमलामा १३६ बालबालिकाको मृत्यु


एजेन्सी -रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानाकारी दिएको हो । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । ठूलो भौतिक क्षति भएको छ ।

त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूूलो क्षति सामना गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

यसैबीच, रुसले पहिलो चरणको युद्ध समाप्त भएको अबको आफ्नो ध्यान पूर्वी दोनबासलाई पूर्ण स्वतन्त्रत बनाउनेतर्फ केन्द्रित हुने बताएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस