Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकाठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ यी


भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल पुगेका छन् ।

उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा काठमाडौं आएका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन् ।

शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । शनिबार दिउसो दुई बजेतिर उनी नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धीत पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । शनिबार नै परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुने कार्यक्रम छ ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने जनाइएको छ । नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुकी उनी स्वदेश फर्कनेछन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस