गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युद्ध चलिरहँदा युक्रेनबाट नेपालमा भित्रियो साढे तीन अर्ब बढीको कच्चा तेल युद्ध चलिरहँदा युक्रेनबाट नेपालमा भित्रियो साढे तीन अर्ब बढीको कच्चा तेल दीप संञ्चार चैत्र ७, २०७८ गते १४:५४ मा प्रकाशित एजेन्सी -रुस र युक्रेनबीच युद्ध चलिरहेको समयमा युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको विभिन्न वस्तु भित्रिएको छ । युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ ।रुसले गत फागुन १२ गतेबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । त्यसपछि हालसम्म दुई देशबीच युद्ध चलिरहेको छ । यो युद्ध चलिरहेको करिव एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।विभागले सोमबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ ।विभागका अनुसार चालु आर्थिक वर्षमा रुस र युक्रेनबीच युद्ध सुरु हुनुअघिसम्म युक्रेनबाट नेपालमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आएको थियो ।चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।विभागका अनुसार सोही अवधिमा युक्रेनबाट नेपालमा ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँको तोरी भित्रिएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने