Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारफक्स न्यूजका दुई पत्रकार युक्रेनमा मारिए

फक्स न्यूजका दुई पत्रकार युक्रेनमा मारिए


एजेन्सी -फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन्।​

कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।

उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल , घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन्। फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि ‘हृदयविदारक दिनु भएको बताइन्। स्कटले जाक्रजेव्स्की को पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् ।

‘जाक्रजेव्स्की एक युद्ध क्षेत्र फोटोग्राफर थिए जसले फक्स न्यूजका लागि इराकदेखि अफगानिस्तानदेखि सिरियासम्म हामीसँगको आफ्नो लामो कार्यकालमा लगभग हरेक अन्तर्राष्ट्रिय कथाहरू कभर गरे,’उनले भनिन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव

तपाईको प्रतिक्रिया दिनुहोस