Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा

युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा


एजेन्सी -युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ ।

राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् । रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव

तपाईको प्रतिक्रिया दिनुहोस