Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प


एजेन्सी -इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ ।

भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । ‘भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो । मानिसहर त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ । भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking, #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस