Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकोभिड देखिएपछि ९० लाख जनसंख्या भएको चिनियाँ सहरमा लकडाउन

कोभिड देखिएपछि ९० लाख जनसंख्या भएको चिनियाँ सहरमा लकडाउन


एजेन्सी -कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधार पनि हो ।

चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ ।

स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस